‘झुम्की’ पछि ‘कागजपत्र’ बन्दै


 


काठमाडौं, कार्तिक २३

नेपाली कथानाक चलचित्र ‘कागज पत्र’ निर्माणको घोषणा गरिएकोछ । ‘झुम्की’ चलचित्रका निर्देशक अपिल विष्टको लेखन र निर्देशनमा बन्न लागेको चलचित्र सामजिक प्रेमकथामा आधारित हुनेछ ।

चलचित्रमा भोलाराज सापकोटा, नाजिर हुसेन, सरिता गिरी, सिल्पा मास्केलगायतका कलाकारको अभिनय रहने छ ।

चलचित्र २३ गतेबाट फ्लोअरमा जाने निर्माण पक्षले जनाएको छ । चलचित्र दाङ, तुलसीपुरको साथै काठमाडौँ आसपासको क्षेत्रमा छायाङ्कन हुनेछ ।

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्