दुई मोटरसाईकल ठोक्किदा १ को मृत्यु, २ घाईते



भक्तपुर,  कात्तिक २४

भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

विपरीत दिशाबाट आउँदै गरेका बा.४९प. १५४९ नम्बरको मोटरसाइकल र बा.९०प. ३९६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्ँिकदा बा.४९प. १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर–१० घर भई हाल कुलेश्वर काठमाडौँ बस्ने ४२ वर्षीय सानुकाजी श्रेष्ठको मृत्यु भएको हो ।


महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनका अनुसार दुर्घटनामा घाइते भएका श्रेष्ठको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार धादिङकै ४४ वर्षीय कमलबहादुर बास्कोटाको मध्यपुर अस्पतालमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । बा.९०प. ३९६५ नंको मोटरसाइकल र त्यसका चालक मथिनपा–७ नगदेश बस्ने १८ वर्षीय रोहित बाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते बाडेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News