आफ्नै १८ वर्षीय श्रीमतीलाई हत्या गर्ने यी श्रीमान, उम्किन सकेनन् प्रहरीबाट



काठमाडौं,कात्तिक २६
आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको कानपुर गाविस–२ का ३२ वर्षीय रामलाल विश्वकर्मा छन् ।

आफ्नी १८ वर्षीय श्रीमति रविना विकलाई काठमाडौंको जोरपाटी २ नयाँ बस्तीमा डेरा गरी बसेका वेला उनले हतियार प्रहार गरी हत्या गरेका थिए ।
कर्तव्य ज्यान मुद्दाको अनुसन्धानपछि उनलाई पोखराको लेखनाथ महानगरपालिकामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जले जनाएको छ ।

उनीलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा पठाइएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्