सेक्सको बेला जान्नै पर्ने यी ५ तथ्य


 


काठमाडौं, कार्तिक २६

सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ ।

पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआईचालिएको कदमले पुरै सेक्स मुड नै बिगार्न सक्दछ । सेक्स मुड नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस्ः

१. किस नगर्नेः

धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ ।

२‍.  आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नुः

धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मनपराउँछन् तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै सेक्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी र शरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ ।


३. आनन्द दिने शरीरका भाग बिर्सनुः

यौनाङ्ग चलाउँदा यौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ ।

४. आफ्नो तौल पार्टनरमा थुपर्नुः

यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ ।

५. चरमोत्कर्ष निकै चाँडै–ढिलोः

यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ । पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ ।

प्रकाशित मिति: २६ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्