बाम गठबन्धनले विकास र समृद्धि हासिल गर्ने मार्गचित्र देखाउने



पाल्पा, कात्तिक  २७

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समिति, पाल्पाले सामाजिक न्यायसहितको आर्थिक समृद्धिका योजना समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ ।

वाम गठबन्धनको घोषणापत्र मस्यौदा समितिका संयोजक झपेन्द्र जिसीले सामाजिक न्याय र समानतामा आधारित समाजवाद स्थापना गर्ने वाम गठबन्धनको मुख्य लक्ष्य रहेको बताउनुभयो ।


उहाँले लोकतान्त्रिक गणतन्त्रका निम्ति लामो संघर्ष गरेका मुख्य कम्युनिस्ट शक्तिहरूबीचको तालमेलले ल्याएको यो प्रतिबद्धतापत्रले पाल्पाको विकास र समृद्धि हासिल गर्ने मार्गचित्र देखाएको बताउनुभयो ।

नेकपा (एमाले) का नेता धनेन्द्रराज घिमिरेले वाम गठबन्धनले बहुमतको सरकार निर्माण गरी मुलुक र जिल्लाको विकासमा कायापलट गरी देखाउने बताउनुभयो । उहाँले घोषणापत्र बनाउनका लागि होइन, काम गर्ने योजनाका लागि बनाइएको हो भन्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले घोषणापत्रअनुसार भविष्यमा पनि काम गर्न सुझाव दिनुभयो ।

वाम गठबन्धनले सिद्धबाबा वैकल्पिक सडक, ‘एक घर एक धारा’, कालीगण्डकी लिफ्ट खानेपानी, अन्तरजिल्ला जोड्ने उत्तर—दक्षिण सडक, पाल्पा दरबार संग्रहालयलाई ५ नं प्रदेशको संग्रहालय स्थापना, पाल्पालाई पर्यटनको केन्द्र बनाउने लगायतका योजना समेटिएको मस्यौदा समितिका सदस्य मथुरा ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News