भोजपुरमा एमाले उमेद्वार शेरधन राई चढेको गाडीमा बम प्रहार
भोजपुर कात्तिक २८
प्रदेश सभा भोजपुर २ का एमाले उमेद्वार शेरधन राई सहितको चुनावी प्रचारमा निस्केको गाडी माथि बम प्रहार भएको छ ।
ट्याम्के मैयुङ गाउँपालिका वडा नम्बर ६ कोट गुम्बा नजिकै बा १५ च ५६०८ नम्बरको गाडीमा बम प्रहार भएको हो ।

बम प्रहारबाट गाडीको अगाडी क्षती भएको छ भने नेपाल प्रहरीका असई डिल्ली देबकोटा सामान्य घाइते भएका छन ।

बिप्लव माओबादी कार्यकर्ताले बम प्रहार गरेको हुनसक्ने र बम प्रहार गर्ने समुहको खोजी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार












