अर्धपागलले खुकुरी चलाउँदा ३ को मृत्यु, १ जना घाइते

काठमाडौं, कार्तिक २८
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
खुकुरी प्रहार गर्ने व्यक्ति सुमन बराइली रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने बराइलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
नजिकै प्रहरी कार्यालय भएकाले खुकुरी नचाउने व्यक्ति तत्कालै पक्राउ परेकाे र ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ । ब्लोनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार