तीन जिल्ला टुक्रिए


 


काठमाडौं, साउन २४

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले तीन जिल्ला टुक्र्याएर सीमांकन गरेका छन्।  टुक्रिएका जिल्लाहरुमा रुकुम, बागलुङ र नवलपरासी छन्। प्रदेश ४ मा बागलुङको पूर्वी भाग र नवलपरासीको (बर्दघाट सुस्ता पूर्व भाग), प्रदेश ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम भाग), बागलुङ पश्चिम भाग, रुकुम पूर्वी भाग र प्रदेश ६ मा रुकुमको पश्चिम भाग परेको छ।

पर्सादेखि सप्तरीसम्मको प्रदेश २ र नवलपरासी (पश्चिम) देखि बर्दियासम्मको प्रदेश ५ ले भारतको सीमालाई मात्रै छुने भएको छ। अन्य चार प्रदेशले भने भारत र चीन दुवैको सीमा छोएको छ।

प्रकाशित मिति: २४ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्