तपाईको आजको राशिफल हेर्नुहोस्



आज मिति २०७४ साल मंसिर ५ गते, मंगलबार  इश्वी सन् २०१७ नोभेम्बर २१ तारिख।   नेपाल संवत ११३८ थिंलाथ्व ।

मार्ग शुक्लपक्ष  । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

चिताएका कुराहरु पुरा हुनेछन् । आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ । आजको दिन तपाइको शुभ रहनेछ ।

वृष

सोचेका कामहरु पुरा हुनेछन् । आज आर्थिक उपार्जन धेरै होला । नयाँ अवसरको सिर्जन होला । बोलीको प्रभाव बढ्ने देखिन्छ ।

मिथुन

साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् । व्यपार व्यवसायमा सफलता मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला ।

कर्कट

अरुको मन सहजै जित्न सकिन्छ । नयाँ कामको अवसर मिल्नेछ । तपाइबाट अन्य व्यक्तिहरु प्रभावित बन्नेछन् । जागिरमा बढुवा होला ।

सिंह

बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ । आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् ।

कन्या

अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । पारिवारिक सहयोग मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला ।  धर्मकर्ममा रुची जाग्नेछ ।

तुला

विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् ।  नयाँ काम गर्न जोश जाँगर हुनेछ ।

वृश्चिक

धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा सरिक भइएला ।

धनु

शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । धन आर्जन हुने योग छ ।

मकर

आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । विरोधीहरु किनारा लाग्ने देखिन्छ । अध्ययनमा सफलता मिल्नेछ ।
कुम्भ

रोकिएका कामहरु सजिलै बन्नेछन् । परिवारको सहयोगले नयाँ कामको शुरुवात हुनेछ ।  आफन्तसँग रमाइलो भेटघाट होला ।

मीन

सोचेका कामहरु बन्नेछन् । अध्ययनमा सफलता मिल्नेछ । खानपानमा ध्यान दिनु होला । बिग्रेको स्वास्थ्यमा सुधार आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News