५० हजार घूससहित प्रहरी अधिकृत पक्राउ

काठमाडौँ, मंसिर ५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचास हजार घूस लिँदालिँदै नेपाल प्रहरीका एक अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता जीवराज कोइरालाले एक सेवाग्राहीसँग बालाजु नयाँ बसपार्कबाट रकम माग्दामाग्दै प्रहरी निरीक्षक हरिहर सुुनुवार पक्राउ परेको जानकारी दिनुभयो ।
पक्राउ परेका प्रहरी निरीक्षकको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलबार