भोजपुरमा १ मा एमाले भन्छ ‘तीन हजारले जित्छौं, अजम्बर भन्छन् एक हजारले जित्छु’
भोजपुर, मंसिर २१
यतिबेला भोजपुरमा मतगणना भइरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको छुट्टा छुट्टै ठाउँमा मतगणना भइरहेको छ ।
प्रदेश सभा सदस्य भोजपुर क्षेत्र नं १ को साल्पा सिलिछो गाउँपालिकाको दुई वटा केन्द्रको यतिबेला मतगणना भइरहेको छ ।
यहाँ मुख्यतः एमाले उम्मेदवार राजेन्द्र राई र संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अजम्बर राई काङमाङबीच प्रतिस्पर्धा छ ।
अहिले साल्पा सिलिछो गाउँपालिकाको ५ को इन्द्रवती मावि (क) केन्द्र र ४ को जाल्पा मावि (ख) केन्द्रको मतगणना भइरहेको छ । यी केन्द्रमा ८२४ मत छ ।
यसैबीच यो क्षेत्रमा एमालेले दुई देखी तीन हजार मतको अन्तरले आफ्ना उम्मेदवार राजेन्द्र राई जित्ने दाबी गरेको छ ।
त्यस्तै फोरम उम्मेदवार अजम्बर काङमाङमले पाँच सय देखि १५ सयको मतले जित्ने हिसाब निकालेका छन् ।
प्रकाशित मिति: २१ मंसिर २०७४, बिहिबार
















