कति बर्षकी भईन बर्षा ? जन्मदिनको शुभकामना प्यारी !


 


मितिले वर्षा राउतको जन्मदिन भोलि भए पनि आजै उनले शुभकमना पाइरहेकि छिन ।

म्युजिक भिडियो हुदै नेपाली सिने नगरीमा प्रवेश गरेकी वर्षाले नाइ नभन्नु ल ४ , छक्का पञ्जा , जात्रा , छक्का पञ्जा २ जस्ता ब्लकबस्टर सिनेमामा अभिनय गरेकि वर्षा भोलि देखि २४ वर्षमा प्रवेश गर्दैछिन् ।

छोटो समयमा राम्रो र सफल सिनेमा दिन सफल नायिका वर्षाको जन्मदिनको मिति किन तलमाथि भयो रु हामीले नायिका वर्षा राउतलाई सोधेका थियौ ।

जवाफमा नायिका वर्षा भन्छिन् ‘फेसबुकमा राखिएको अग्रेजी मिति अनुसार आज परेछ । यो फेसबुकको मार्क जुकरबर्गले मनाइदिनु भएको जन्मदिन हो ।

तर खास जन्मदिन भोलि भएपनि २४ वर्ष पहिले म जन्मिन लाग्दा आजकै दिनबाट आमालाई व्यथा लागि सकेको थियो होला ।

त्यसैले आजै मेरो जन्मदिन मनाउदा पनि खासै फरक नपर्ला ।’ (लामो हाँसो) । उसोभए खास के छ त जन्मदिनको उपलक्ष्यमा ? नायिका वर्षा भन्छिन् ‘आज भन्दा पनि भोलि केही होला । तर अहिलेसम्म कुनै विशेष योजना बनिसकेको छैन ।’

सिन्धुलीमा जन्मेकी वर्षा हाल बुवाआमा सहित काठमाण्डौँ कोटेश्वरमा बस्दै आएकी छिन् । उनले अभिनय गरेको सिनेमा मिस्टर झोले पुस २८ गते देखि प्रदर्शनको तयारीमा रहेको छ ।

हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना प्यारी नायीका बर्षा !

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्