कुपोषित बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण


 


महोत्तरी , पुस ३
महोत्तरी जिल्लामा करिब ११ हजार बालबालिका कुपोषित भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ ।

शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएकाले सो अभियानले यस्ता बच्चालाई सुपोषित बनाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बालपोषण शाखा अधिकृत गिरेन्द्र झाँका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा पिठो वितरण गर्ने अभियान आजदेखि शुरु भएको र यो अभियान जिल्लाभरिमा सञ्चालन हुने छ ।

कुपोषणमुक्त महोत्तरी बनाउनका लागि जिल्लाको हरेक स्थानमा सुनौलो हजारदिनका साथै पोषण सचेतना सम्बन्धी जानकारी गृहणीको भान्छा घरसम्ममै पुयाउने लक्ष्य लिएको अधिकृत झाले बताउनुभयो ।

सो अभियानअन्तर्गत जलेश्वर, बर्दिवास, गौशाला, लोहारपट्टी, पिपरा, एकडारा, बलवा, रामगोपालपुर लगायतका ११ स्थानमा पोषण युनिट स्थापना गरिने छ ।

जिल्लाका हरेक स्थानमा गरी एक हजार ८८८ बच्चामा शीघ्र कुपोषणको समस्या देखिएको छ भने नौ हजार बच्चामा जटिल किसिमको कुपोषण फेला परेको प्रमुख झाले बताउनुभयो ।

प्रकाशित मिति: ३ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्