सलमानको ‘टाइगर जिन्दा है’ को पहिलो दिनको यस्तो छ कमाई


 


मुम्बई पुस ८
बलिवुडका सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ ले रिलिजको पहिलो दिन ३५ करोडको व्यापार गरेको छ ।

भारतीय मिडियाका अनुसार ‘टाइगर जिन्दा है’ ले भारतमा मात्र होइन विदेशी पनि राम्रो कमाई गरेको उल्लेख गरेका छन् । भारत र अन्य विदेशी देशहरुमा प्रदशन गरी ६० करोडको व्यापार गरेको छ ।

फिल्मले आज शनिबार र भोली आइतबार पनि राम्रो व्यापार गर्ने देखिएको छ । भारतमा फिल्म ‘टाइगर जिन्दा है’ ले ४६ सय प्रिन्टमा रिलिज गरेको छ भने अधिकांश ठाउमा शो हाउस फुल चलिरहेको उल्लेख गरिएको छ । सोमबार क्रिशमसको सार्वजनिक बिदाको फाइदा पनि यस फिल्मलाई हुने देखिएको छ ।

विश्लेषकहरुले सलमान खानको अहिलेसम्म धेरै ब्यापार गरेको फिल्म बजरंगी भाइजानको ३२४ करोडको रेकर्डलाई तोड्ने विस्वास गरिएको छ ।

सलमान र कट्रिना दुवै पूर्वप्रेमी पनि हुन् । यस अर्थमा अपनी दुवैका फ्यानहरुले उनीहरुको पर्दामा पुनरागमनलाई प्रतिक्षा गरेर बसेका थिए । यस फिल्मपछि सलमान र कट्रिन फेरी प्रेम सम्बन्धमा रहेको चर्चा बलिवुडमा चलेको छ । उनीहरुको अहिलेको केमेष्ट्री हेर्दा पनि दुवैको प्रेम सम्बन्ध अहिले पनि रहेको अनुमान गर्न सकिन्छ । यद्यपी दुवैले सार्वजनिक रुपमा यस बारे केहि बोलेका छैनन् ।

निर्देशक अली अब्बास जफरको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरले पनि धेरै रेकर्ड बनाइसकेको छ । यस फिल्मको ट्रेलरले बाहुबली २ को ट्रेलरको रेकर्ड समेत तोडेको छ । त्यस्तै, ‘टाइगर जिन्दा हे’ सोसियल मिडियामा सबैभन्दा बढी कमेन्ट, लाइक र सेयर पाएको छ ।

फिल्मको ट्रेलर रिलिज भएको २४ घण्टामै २९ मिलियन भ्यूज पाएको थियो भने फिल्मको पहिलो गित ‘स्वाग से स्वागत’लाई पनि दर्शकले अत्यन्त मन पराएका छन् । फिल्मले भारतमा ४६ सय स्क्रिन पाएको छ भने भारत बाहिर ११ सय स्क्रिन पाएको बलिवुडका फिल्म समिक्षक तरण आदर्शले जानकारी दिएका छन् ।

प्रकाशित मिति: ८ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्