हिट भएको ‘साईली’ गीतमा चलचित्र ‘साईली’ कस्तो बन्दैछ ?


 


गायक हेमन्त राना र अभिनेता गौरव पहारी मिलेर सिनेमा साईँली बनाउने भएका छन् । हेमन्त रानाले गाएको सुन साईँली बोलको गीतले केही समय अघि चर्चा पाएको थियो ।

यो गीत युट्युबमा सबैभन्दा छोटो समयमा धेरै पटक हेरिने गीत पनि बनेको थियो । गीतको सफलतासँगै साईँली नाम सिनेमा बन्ने चर्चा पनि थियो ।

अन्ततः सिनेमाको आधिकारिक घोषणा पनि भएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बन्न लागेको साईँली माघ महिना देखि फ्लोरमा जाने तयारीमा छ ।

धनकुटामा छायाकंन गरिने यस सिनेमामा गौरव र मेनुकाले मुख्य भूमिका निवार्ह गर्ने भएका छन् । गौरव र मेनुकाले सुन साईँली बोलको गीतमा पनि अभिनय गरेका थिए ।

प्रकाशित मिति: ९ पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्