बन्दमा भोजपुर यस्तो देखियो (फोटो कथा)


 


Bhanda ma bhojpur (3)भोजपुर, साउन ३१
संविधानको मस्यौदा र सीमांकनको बिरोधमा भएको बन्दको प्रभाव भोजपुरमा बिहानैदेखी  पर्यो । बन्दका कारण बजार पसल ठप्प भए । यातायातका साधन गुड्न सकेनन् । शैक्षिक संस्थाहरु ठप्प प्राय भएका थिए । परीक्षा सञ्चालन भइरहेको विद्यालयहरुमा समेत परीक्षा हुन सकेन् ।

परीक्षा दिनका लागि विद्यालय पुगेका विद्यार्थी कम उपस्थित हुँदा त्यसै घर फर्किएका हुन् । बन्दकर्ताहरु बिहानैदेखी बजार पसल बन्द गराउँदै हिडेका थिए । ठाउँ ठाउँमा प्रहरी बसेका थिए। भोजपुरमा तीन दल संघीय समाजवादी फोरम नेपाल, नेकपा माओवादी र सामाजिक लोकतान्त्रिक पार्टी बन्दमा सक्रिय भएका छन् ।

Bhanda ma bhojpur (1) Bhanda ma bhojpur (2) Bhanda ma bhojpur (4) Bhanda ma bhojpur (5) Bhanda ma bhojpur (7)

प्रकाशित मिति: ३१ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्