किन आए भारतका चर्चित हास्य कलाकार सुनिल ग्रोवर नेपालमा ?


 


काठमाडौँ, पुस २१
भारतका चर्चित हास्य कलाकार सुनिल ग्रोवर अर्थात्, डा.गुलाटी नेपाल आएका छन् ।

शुक्रवार साँझ राजधानीमा हुने एक कर्पोरेट शोमा सहभागी हुनका लागि उनी बिहीवार नेपाल आएका हुन् ।

उनले काठमाडौं उर्लिएपछि दिउँसो पशुपतिनाथ मन्दिरको समेत दर्शन गरेका छन् । सुनिलले पशुपतिमा एक बाबासँग उभिएको तश्विर आफ्नो आधिकारीक इन्स्टाग्राममा राखेका छन् ।

उनको निधारमा रातो चन्दन र घाँटीमा रुद्राक्षको माला देख्न सकिन्छ । उनीसँगै नेपाली कलाकारहरु गायक हेमन्त राना, नायिका स्वस्तिमा खड्काले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

भारतीय कमेडियन कपिल शर्मासँगको झगडापश्चात ‘द कपिल शर्मा शो’बाट बाहिरिएका सुनिल ग्रोवर अहिले विभिन्न देशमा हुने कार्यक्रममा व्यस्त छन् ।

चाँडै कपिलले सोनी च्यानलमा सुरु गर्न लागेको नयाँ शोमा सुनिलले सँगै काम गर्ने भएको बताइएको छ ।

सुनिले डा गुलाटी, महिलाको भेषमा गुथ्थीको रुपमा गरेको अभिनयबाट चर्चित भएका थिए ।

प्रकाशित मिति: २१ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्