करोडौ खर्च गरेर बन्यो चलचित्र ‘अमेरिकन ब्वाईज’


 


काठमाण्डौ, पुस २४
बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्देशित चलचित्र ‘अमेरिकन ब्वाईज’ महँगो लागानीमा बनेको छ ।

हालै मात्र छायांकन सम्पन्न भएको यस चलचित्र छायांकनमा लगभग दुई करोड खर्च भएको बताइएको छ ।

झापा र काठमाण्डौंमा छायांकन गरिएको ‘अमेरिकन ब्वाईज’को कथावस्तु अनुरुप छायांकन गर्दा २ करोड बजेट पुग्न गएको चलचित्रका कार्यकारी निर्माता प्रकाश भुजेलले दाबी गरेका छन् ।

विविक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आर.जे र जयान जे. वाइवाको संगीत रहेको यो चलचित्र वैदेशिक रोजगारीको विषयमा आधारित कमेडी जनराको बनाइएको बताइएको छ । यमुना खरेल र राज केसी चलचित्रका सह-निर्माता हुन् ।

 

सुनिल थापा, अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रको आउने नयाँ वर्षको जेठ ४ गते प्रदर्शन मिति तोकिएको छ भने चलचित्रलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष विश्वस्त छन् ।

प्रकाशित मिति: २४ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्