धुर्मुसले सुन्तलीलार्इ बिहे गर्नुको कारण यस्तो पो रहेछ, खुल्यो रहस्य !


 


काठमाडौं, माघ ३
नेपाली हाँस्य कला क्षेत्रका चर्चित जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को विवाह आफ्ना फ्यानहरुकै कारण भएको रहस्य खुलेको छ । यसको रहस्य स्वयम् कुन्जना घिमिरे (सुन्तली)ले खोलेकी छन् ।

उनले हाँस्य टेलिशृंखला मेरी बास्सैमा धुर्मुस–सुन्तलीको पात्रमा श्रीमान श्रीमतीको भूमिकामा अभिनय गर्दा दर्शकहरुले बास्तविक जीवनमा पनि सोही भूमिका देख्न चाहेकै कारण धुर्मससंग आफ्नो विहे भएको बताइन् ।

विवाह नहुँदा नै फ्यानहरूले वास्तविक श्रीमान–श्रीमती बनाइसकेको भन्दै उनले फ्यानहरुको दबाबले नै आफूहरुलाई विवाह गर्ने बाटोमा डोर्याएको बताइन् । कतिपय ठाउँहरूमा जाँदा विवाह नहुँदा नै दर्शकहरुले श्रीमान श्रीमती भनेको सुन्ने गरेको स्मरण गरिन् ।

देश विदेशको भ्रमणका क्रममा फ्यानहरूबाट आएको आशिर्वादजस्तै भाग्यमा पनि श्रीमान–श्रीमती हुन लेखेको सुन्तलीको भनाई छ । उनले यो सबै श्रेय फ्यानहरूलाई जाने बताइन् ।

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्