आखिर मनोज गजुरेलले किन डिभोर्स गरे ?


 


काठमाडौं, माघ ५
हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिले सम्बन्ध विच्छेद (डिभोर्स) गरेका छन् । नेपाली हाँस्य क्षेत्रका बादशाहको रुपमा रहेका मनोज गजुरेल र उनकी पत्नि मिना ढकाल गजुरेलले आपसी समझदारीमा डिभोर्स गरेको बताएका छन् ।

सम्बन्ध विच्छेदबारे दुबै मौन रहे पनि विचारमा असहमति भएको बुझिएको छ । स्रोतका अनुसार मनोज र मिनासँगै दुबै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनिहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् ।

वि.सं २०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि केही समयदेखि अलग–अलग बस्न थालेका थिए । यो जोडीले यही गत पुस ११ गते अदालतबाटै कानुनी रुपमा डिभोर्स गरेपछि मनोज छोरासँग बालकोटस्थित घरमा बस्दै आएका छन् । मिना छोरीसँग नयाँ बानेश्वरमा बस्न थालेकी छिन् । यो जोडीका एक छोरा र एक छोरी थिए ।

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्