यस कारणले भएको रहेछ मनोज र मिनाको डिभोर्स, मनोजले मुख खोले


 


बहुचर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेल र उनकी पत्नी मिना ढकालले करिब एक महिना अगाडि सम्बन्धविच्छेद (डिभोर्स) गरे ।

पुस ११ गते यो जोडिले डिभोर्स गरे पनि भर्खर मात्र आम मानिसले थाहा पाएका छन् । उनिहरुले दुई दशक अर्थात २०५३ सालमा विवाह गरेका थिए ।

एक छोरा र एक छोरी रहेको यो जोडिले आखिर किन डिभोर्स गर्याे आम चासोको विषय बनेको छ । मिनाले केही मिडियाहरुलाई डिभोर्सको बारेमा बताइ पनि सकेकी छिन् ।

मुलतः उनले मनोजबाट सपोर्ट नभएको बताएकी थिइन । र, मुख्य कारण केही समयपछि बताउने पनि भनेकी छिन् ।

यता मनोज गजुरेलले पनि सोमबार राती सामाजिक सञ्जालल फेसबुक मार्फत डिभोर्स गर्नुको कारण लेखेका छन् ।

यस्तो छ मनोजले फेसबुकमा लेखेको स्टाटस

श्रध्देय शुभेच्छुक महानुभावहरू,
सबैमा हृदयदेखि नमन

मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ ।

हामी (मीना ढकाल र मनोज गजुरेल) बिगत दुई दशकभन्दा बढि समयदेखी बैवाहिक बन्धनमा बाँधिएका हौं ।

हामीबाट एक छोरा र एक छोरी (मिरोज र मेमोरी) को जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो ।

हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं ।

त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गऱ्यौं ।

यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बांडफांड गरेका छौं ।

एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन । जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु ।

हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।

यो संवदनशिल घडीमा हाम्रा दर्शक, श्रोता, पाठक, आफन्त, परिवारजन एवं सम्पूर्ण शुभ चिन्तकहरुमा आग्रह गर्न चाहान्छु कि म, मिनाजी, हामी दुबैका परिवारजन र हाम्रा सन्ततीको जीवनमा तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।

अन्त्यमा, विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको मिठो अनुभूतिकालागि मिनाजीलाइ म अन्तर हृदयबाट धन्यवाद सहित सफलताको कामना ब्यक्त गर्दछु । सबैको मंगल होस् ।

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्