रेसलिङ्गको दुनियाँमा सबैभन्दा धनी पाँच महिला, कसको कति छ कमाई ?


 


एजेन्सी

रेसलिङ्ग प्रोफेसनमा पुरुषहरुको नाम बढी आउने गर्छ । तर, बदलिदो परिस्थितिसंगै यस क्षेत्रमा महिलाको सहभागिता पनि बढ्दै गएको छ । कैयौं महिलाहरुले पुरुषको सामना पनि गरेका छन् रिङ्गमा ।

महिला रेसलरहरुले यसै क्षेत्रमा जमेर अधिक सम्पति समेत जोडेका छन् । यस क्षेत्रमा रहेर सबैभन्दा बढी कमाउने महिला रेसरलहरु को–को छन् भन्नेबारेमा खोजतलास गरिएको छ ।

स्टेफनी मैकमोहन


स्टेफनी मैकमोहन डब्लुडब्लुईका चेयरम्यान विन्स मैकमोहनकी छोरी पक्कै हुन् । तर, उनले आफैले भने २५ मिलियन डलरको सम्पती जोडेकी छन् । उनी डब्लुडब्लुईको दुनियामा सबैभन्दा बढी कमाउने महिला हुन् ।

टोरी विल्सन

२००१ मा रेसलिङ्गमा छिरेकी टोरी विल्सन १८ मिलियन डलरको सम्पति जोडेकी छन् । रेसलिङ्गमा आउनु अघि उनी मिस ग्यालेक्सी चुनिएकी थ्इिन् । यससंगै उनी फिटनेस ट्रेनर पनि हुन् ।

निकी बेला

जोन सेनाकी प्रेमीका निकी बेला धनी सम्पती जोड्ने महिलाहरुको लिस्टमा तेस्रो छिन्। रिङ्गमा दमदार भागेदारी राख्ने महिलासंगै उनी ५.५ मिलियन डलर भन्दा बढी सम्पतिको मालिक पनि हुन् ।

केली केली

४.५ मिलियन सम्पत्तिसंगै केली केली यस लिस्टको चौथो नम्बरमा छन् । उनले रेसलिङ्गको दुनियामा १९ वर्षको उमेरमा पाइला टेकेकी थिइन् । उनी रेसलिङ्गमा राम्रो प्रस्तती पनि महिला पनि हुन् ।

ब्री बेला

ब्री बेलासंग लगभग २ मिलियन डलर कुल सम्पत्ति छ । यो सर्ब उले रेसलिङ्गसंगै अन्य माध्यमबाट पनि कमाई गरेकी हुन् । उनी रेसलिङ्गसंगै केही टीभी शो पनि भाग लिने गर्छिन् ।

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्