शाहरुख क्रिस्टल अवार्डबाट सम्मानित


 


मुम्बई माघ ९
बलिउड अभिनेता शाहरुख खान स्वीजरल्याण्डको दावोसमा आयोजित वल्ड इकोनोमिक फोरममा पुरस्कृत भएका छन् ।

शाहरुखलाई सामाजिक कार्यमा योगदान गरेको भन्दै सोमबार क्रिस्टल अवार्डबाट सम्मान गरिएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

अवार्ड थाप्दै शाहरुखले आयोजकलाई धन्यवाद दिए । उनले अवार्डले सामाजिक कार्यमा थप सक्रिय बनाउन प्रोत्साहित गरेको पनि बताए ।

वल्र्ड इकोनोमिक फोरमको सम्मेलनमा सामाजिक कार्यमा योगदान पुर्याउने विश्वका ३ कलाकारलाई सम्मान गर्ने गरिन्छ ।
यसपटक बलिउडका शाहरुखसहित अभिनेत्री केट ब्लैंचेट र संगीतकार एल्टन जोनलाई क्रिस्टल अवार्डबाट सम्मान गरियो ।

एसियाकै कलाकारिताको प्रतिनिधित्व गर्दै फोरममा अवार्ड जितेका शाहरुखले क्यान्सर परुीडित बालबालिकाको उपचार तथा बसोबासको ब्यबस्था गर्दै आएका छन् ।

साथै गैरनाफामुलक संस्था मीर फाउण्डेशन मार्फत एसिड आक्रमणमा परेका मअिला तथा युवतीको उपचार, कानूनी सहयोग, व्यबसायिक तालिम, पुनस्थापना र रोजगार उपलब्ध गराउदै आएका छन् ।

 

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्