मलाई ओली मन पर्नुको कारण : ओलीको राष्ट्रप्रतिको माया


 


यज्ञराज उपाध्याय

म पत्रकार भएता पनि म भित्र पनि कुनै आस्था छ जून बाहिर देखाउने अधिकार पनि छ ।

केहि समय अघि मलाई शुशील दाई एकदम मन पर्ने नेता थिए तर समय बदलिए सँगै राष्ट्रप्रति दर्हो अठोट, योजना र प्रतिबध्दता भएका एक मात्र नेता केपी ओली प्रधानमन्त्री हुँदा उनका वाक्यांशबाट म निकै प्रभावित भएको थिएँ ।

हिजो उनको प्रत्येक शब्द मन पर्थ्यो आज पनि पर्छ । पत्रकार कतै आवद्ध हुँदैनन् भनेर कोही प्रमाण ल्याएर आओस अनि कडा जवाफ दिनेछु किनकी अहिल राष्ट्रीय स्तरकै पत्रकार बनेका पत्रकारहरु पनि हिजो कुनै पार्टीका झोले नै भएको सबैलाई अवगत छ र अहिल पार्टीगत भातृ संगठन अन्तर्गतका प्रेस संगठनमा आवद्ध पनि छन ।

हिजो भारतले नाकाबन्दी गर्दा केहिले नाकाबन्दीको दर्जा दिन समेत गार्हो मानेको बेला केपी ओलीले सीधै नाकाबन्दी भएको घोषणा गरे र भारत सामू शिर नझुकाएर नाकाबन्दीको सामाना समेत गरे ।

त्यति बेलै उनले नेपालको भावी सकारात्मक बिकास्का लागि बिभिन्न योजनाहरु समेत अघि सारे । मैले बुझे अनुसार ति योजनाहरु निकै राम्रा थिए ।

लेखक

पार्टीको नाम उल्लेख गर्न चाहिन, पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सहकार्यका प्रधानमन्त्री बनेका ओली काकाले राष्ट्रप्रति आफ्नो माया पोख्दा र जनताको हितका लागि बिभिन्न कार्यहरु गर्न खोज्दा उनैले ओली माथि आविश्वासको प्रस्ताव समेत पेश गरे र उनैले ९ महिनामै जनताले मन पराएको सरकार ढाले र आत्म मोहका कारण सुदुरपश्चिममा शान शेरबहादुर देउवा संग मिलेर नयाँ सरकार बनाय ।

अहिल उनै पुष्पकमल दाहाल उनै धोका केपी ओली संग मिलेर गठबन्धन गरे र उनै शेरबहादुरलाई धोका दिए । यो कार्य लगभग नेपालको रीतिरिवाज अन्तर्गत नै पर्दछ जस्तो लाग्दछ मलाई ।

ओलिको राष्ट्र प्रतीको झुकाव र त्याग अनि उनको ९ महिने कार्यकालको योजनाले ऊनिप्रति आकर्षित भएका जनता र युवाहरुले अहिल उनकै पार्टीलाई शिखरमा समेत पुर्याएका छन।

ओलिका हरेक बाणिमा शुध्दता देख्ने मैले पनि उनलाई धेरै राम्रो नेताको रुपमा हेर्छु । र उनको आजको अर्को कार्य मलाई त्यतिकै उत्कृष्ट लागेको छ ।

जब उनको पार्टी अहिल स्थानीय चुनाव, प्रदेश सभा र प्रतिनिधि सभामा पहिलो बन्न सफल भयो तब धेरै नेताहरुको शिर अझै तल छ र अहिल बिदेशी नेताहरुले पनि उनलाई बधाई दिने कार्य जारी छ ।

ओलीलाई अहिल सबैले अबको पाँच बर्षे प्रधानमन्त्रीको रुपमा स्वीकारी सकेका छन । ती मध्य एक हुन बिदेशी नेता एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।

ओलीका बिरुद्धमा केहि दिन अघि नराम्रा कुराहरु खेलाउने मोदीले समेत ओलिलाई नेपालको नयाँ प्रधानमन्त्रीको रुपमा स्विकारेर बधाई समेत दिएका छन ।

र, त्यसै क्रममा मोदीले ओलीलाई प्रधानमन्त्री बन्ना साथ भारत आउन आग्रह समेत गरेको बिभिन्न संचार माध्यममा भाईरल नै बनेको छ।

आइतबार ओली संग ७ मिनेट फोन वार्ता गर्दै मोदीले भारतमा तपाईलाई स्वागत गर्न आतुर भएको समेत भनेका छन ।

जसको प्रति उत्तरमा ओलीले नेपाल पनि तपाईलाई स्वागत गर्न आतुर छ तपाई नै आउनुस् नेपाल भ्रमण भन्ने उत्तर दिएका थिए ।

सधैं जसोको भाषणमा भारतले नेपाल माथि गरेको दमनको घोर बिरोध गर्दै आएका ओलीले मोदीको कुरालाई सहजै पचायनन र कडा उत्तर समेत दिए।

यहाँ भन्दा अगाडी नेपाल घुम्न आउँदा मुक्तिनाथ र जनकपुर घुम्न छुटाएका मोदीलाइ ओलीले उक्त ठाउँको भ्रमणमा आउन आग्रह गरे ।

यो नै उनको महानता हो जस्तो लाग्छ । अरु भएको भए सायद कहिल जाउँ भन्ने हुन्थ्यो होला तर ओलीले त्यस्तो नसोची जून अभिब्यक्ति दिए त्यो नेपालका ३ करोड जनता सबैले मान्नैपर्छ ।

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्