जोडिएको नाता र माया बचाउन सकेनन् नायक शोहमले


 


काठमाण्डौ माघ ११
‘मुटुको ढुकढुकी’ बोलको गीतको भिडियो सार्वजनिक पछि चर्चा बटुलेका नायक सोहम भेटवालले ‘जोडिएको हाम्रो नाता’ बोलको गीतको भिढियो सार्वजनिक गरेका हुन् ।

सिके प्रसाई (रचना) को शब्द सृजान रहेको गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ ।

सरोज प्याकुरेलको संगीत, मनोहर सोनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई सोम कुस्कुमाझीले निर्देशन गरेका हुन् ।

एस के प्रोडक्सनको प्रस्तरती रहेको यस गीतको म्युजिक भिडियोलाई हर्जुन सापकोटाले मेहनतका साथ छायाँकन गरेका हुन् ।

माया प्रेम अनि बिछोडको कहानी समेटिएको गीतको म्युजिक भिडियाेमा नायक शोहम निराह मुद्रामा देखिएका छन् ।

गीतमा नायक शोहमसँग एलिना रायमाझीले जीवन्त अभिनय गरेकी छिन् ।

मोडल एलिनाले यसअघिको भिडियो मुटुको ढुकढुकीमा पनि राम्रो अभिनय गरेकी छिन् ।

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्