सलमान नेपाल आउदै, कति तोकियो खानलाई हेर्न टिकट दर


 


काठमाडौ, माघ १२
बलिउड सुपरस्टार सलमान खान नेपाल आउने भएका छन् ।

खान आेडीसी इन्टरनटेनमेन्टले आयोजना गरेको फागुन २६ गते काठमाडौको टुँडिखेलमा हुने कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका हुन् ।

सल्मान जेट एयरलाइन्सको विमानबाट २५ गते नेपाल आउने भएका छन् । सो कार्यक्रममा सलमान ३ दिनसम्म बस्नेछन् ।

उनिसगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर मिड बोस पनि आउने आयोजकले जनाएको छ ।

७ जना कलाकारका साथमा ९० जनाको टोली होटलमा बस्नेछन् । आयोजकका अनुसार कार्यक्रम हेर्ने ठाउँअनुसार टिकट दर फरक फरक तोकिएको छ ।

कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइने छ । टिकट ३ हजार, ५ हजार, १० हजार दरका हुनेछन् ।

खानलाई १५ सयभन्दा बढि सुरक्षाकर्र्मीले कार्यक्रम स्थलमा सुरक्षा दिने, ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिने र ४ सयजना स्वयंमसेवकले कार्यक्रमलाई व्यवस्थित गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्