पूर्व प्रेम जोडी अक्षय र शिल्फाको अंकमाल, यसरी भयो माहोल नै परिवर्तन


 


मुम्बई, माघ १३

९० को दशकका एक प्रेम जोडी बलिउड नायक अक्षयकुमार र शिल्पा सेट्टी फेरी एक पटक चर्चामा आएका छन् ।

हालै अक्षय कुमार र शिल्पा सेट्टीबीच एक अवॉर्ड फंक्शनमा भेट भएको थियो । एक रिपोर्टअनुसार, बलिउड अभिनेत्री शिल्पा र अक्षय कुमार हालले एक अर्कालाई अंकमाल पनि गरेका थिए ।

कार्यक्रममा शिल्पाको प्रवेश हुने वित्तिकै अक्षयले शिल्पालाई अंकमाल गरेका हुन् । जुन दृष्य हेर्न लायक रहेको थियो । अक्षय र शिल्पाले फिल्म ‘म खिलाड़ी तू अनाड़ी’ र ‘धड़कन’ जस्ता सुपरहिट फिल्म खेलेका थिए ।

‘खिलाड़ी, तू अनाड़ी’ फिल्मबाटै उनीहरुबीच सम्बन्ध सुरु भएको थियो । अहिले ‘याडम्यान’ ९ फेबु्रवरीमा रिलिज हुँदैछ । जबकि शिल्पा सेट्टी भने अहिले रियालिटी शो ‘सुपर डान्स–२’ मा जर्जको रुपमा देखिएकी छन् ।

प्रकाशित मिति: १३ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्