हेर्नुहोस् दुनियाँकै तेस्रो लिङ्गी सुन्दरी, बलिउड नायिका पनि ‘फिक्का’


 


मुम्बई, माघ १४ (एजेन्सी)
तेस्रो लिङ्गी सदियौदेखि समाजमा राम्रो नजरले हेरेको पाइँदैन । तर, अहिले ठूलो संघर्षपछि नागरिकताको हक पाउन सफल भएका छन् । त्यसअघि तेस्रो लिङ्गीको दर्जा पाएका थिए ।

प्रकृतिले उनीहरुलाई एक हिस्सा बनाए, तर समाजले ठाउँ दिन मानेन । तर, अब विस्तारै उनीहरु समाजमा घुलमिल भइरहेका छन् । समाजले अपनाउँदै छ । तेस्रो लिङ्गीलाई प्रकृतिले सुन्दरता पनि दिएको छ ।

भारतमा एक यस्तो सुन्दरी तेस्रो लिङ्गी छ, जुन बलिउड हिरोइन भन्दा कुनै कम छैनन् । केही समय पहिले उनको तस्बीर सामाजिक सञ्जालमा निकै भाइरलसमेत भएको थियो ।

यूट्यूबमा भएको भाइरल भिडियामा उनलाई दुनियाकै सबैभन्दा राम्रो तेस्रो लिङ्गी भएको भनिएको थियो । साथै उनलाई कुनै बलिउड नायिका भन्दा पनि कम नभएको भनेर रुपको तारिफ गरिएको थियो ।

उनी हुन् मणिपुरकी हुइरेम । उनी यति धेरै राम्री छन् कि उनको अगाडि बलिउड नायिका पनि कम देखिन्छन् । हुइरेमले थाईल्याण्डमा अन्तर्राष्ट्रिय ब्यूटी क्वीन कन्टेस्टमा पनि भाग लिएकी थिइन् ।

जुन प्रतियोगिता तेस्रो लिङ्गीहरुका लागि मात्रै थियो । यो प्रतियोगितामा २८ वर्षीया हुईरेमबाहेक बाँकी देशका ५४ र ट्रान्सजेण्डर सहभागि भएका थिए ।

फेशन ग्य्राजुएएट हुईरेम मणिपुर फिल्ममा सबैभन्दा बढी पैसा लिने कलाकार पनि हुन् । मणिपुरको सुन्दरताको कुरा आउँछ भने उनको नाम पनि संगै जोडिएर आउने गर्छ ।

 

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्