केकी अभिनित चलचित्र ‘गाउँकी छोरी’ सार्वजनिक


 


काठमाडौ, माघ १४
केकी अधिकारी अभिनित सामाजिक चलचित्र ‘गाउँकी छोरी’ सार्वजनिक भएको छ । सो चलचित्रमा अभिनेत्री केकी अधिकारी गाउँपालिका अध्यक्ष बनेकी छिन् ।

स्थानीय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वनलाई चलचित्रमा देखाइएको छ ।

पढ्नका लागि शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनितिमा प्रवेश गर्छिन् । स्थानीय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनि विजय हुन्छिन् र गाउँको सेवा गर्छिन् ।

नेपाल टेलिभिजनबाट प्रशारण भइरसकेको चलचित्र ‘गाउँकी छोरी’आईतबार युट्युबमा सार्वजनिक भएको हो ।

दिपक आचार्य र सरोज आलीको निर्देशनमा बनेको चलचित्रको कथा अभिमन्यु निरविले लेखेका हुन् ।

चलचित्रमा केकी सँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति: १४ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्