गायिका जलजलाको अवस्था नाजुक, सहयोगका लागि बाबुको अपिल


 



काठमाडौं, माघ १९
दुबै मृर्गौला फेल भएर अस्पताल भर्ना भएकी गायिका जलजला परियारको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ ।

नेपाली तारा सिजन ३ कि प्रतियोगीसमेत रहेकी जलजलाको उपचारका लागि अहिले कलाकारलगायतले सहयोगी हात अगाडि बढाएका छन् । उनको मृर्गौला फेर्नुपर्ने अवस्था आइसकेको उनका बाबु नारायणबहादुर दर्जीले बताए ।

त्यसका लागि मिलेसम्म परिवार भित्रकै सदस्यको मृर्गौला प्रयोग गर्ने तयारी भइरहेको छ । परिवारकै सदस्यको मृर्गौला प्रयोग गर्नका लागि पनि ८ देखि १० लाखसम्म लाग्ने जनाइएको छ । तर, अस्पतालले भने आधिकारिक रुपमा भने यसबारेमा भनेको छैन ।

अहिले दैनिक २०÷३० हजार खर्च हुने गरेको बाबु नारायणबहादुर दर्जीले बताए । उनले छोरीको ज्यान बचाइदिनका लागि सबैसम्म सहयोगका लागि आग्रह गरेका छन् ।

उनको सहयोगका लागि प्रताप दास, सागर आलेलगायतका कलाकारहरुले अभियान नै चलाएका छन् ।

गायिका जलजलाले गाएको बाटोमुनिको फूल २ को गीत निकै चर्चामा आएको थियो । त्यस्तै, उनले टुंगाको मन हुनेलाई, मत रोएँ, रोएँलगायतका दर्जनौं गीत गाइसकेकी छन् ।

प्रकाशित मिति: १९ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्