जन्मदिनको शुभकामना स्वेता ! आखिर कति वर्षकी भईन स्वेता ?


 


काठमाडौं, माघ २२
नायिका स्वेता खड्काको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा स्वेताले केक काटेकी छिन् ।

उनले केक काट्दै गरेको भिडियो आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत सार्वजनिक गरेकी हुन् ।

खड्का यतिबेला कान्छी चलचित्र रिलिजको तयारीमा छिन् । फेसबुकमा अनुसार खड्का ३० बर्ष लागेकी हुन् ।

उनको कान्छी चलचित्र यही फागुन ४ गते रिलिज हुने बताइएको छ ।

जन्मदिनमा पनि उनी यो फिल्मको डविङमा व्यस्त भएको फेसबुक लाइफ मार्फत जानकारी दिएकी छिन् ।

प्रकाशित मिति: २२ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्