कुन महिनामा जन्मेको मानिसको भाग्य कस्तो ?


 


एजेन्सी
तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ भन्ने मान्यता हिन्दु धर्ममा छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको मानिन्छ । जस्तैः

बैशाखः बैशाख महिनामा जन्मेका मानिस भोगी, धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् भन्ने मान्यता छ ।

जेठः यो महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् भनिन्छ।

असारः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, पीडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने खालका हुन्छन् ।

साउनः यो महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् भन्ने छ।

भदौः यो महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् भनिन्छ ।

असोजः यो महिनामा जन्मिने मानिस सुन्दर, पवित्र, गुणवान र धनी हुने गर्दछन् ।

कार्तिकः यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।

मंसिरः यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन, धनवान, धर्ममा विश्वास राख्ने, मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

पुसः यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् भनिन्छ।

माघः यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।

फागुनः यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकारी, धनवान, विद्यावान, सुखी हुन्छन् ।

चैतः यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित र रिसाहा हुने गर्दछन् भनिन्छ ।

प्रकाशित मिति: २५ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्