हिउँ परेपछि बबिनाले यसरी सम्झिन् प्रदेशी माया (भिडियोसहित)


 


काठमाडौँ, माघ २९

गायिका बबिना किराँतीको आवाजमा ‘माथि माथि हिमाली भेग्मा’ बोलको पूर्वेली गीतको क्यासेट यहाँ सार्वजनिक गरिएको छ ।

विदेश गएका नेपालीको कथाव्यथालाई समावेश गरिएको सो गीतमा सङ्गीतकार डी आर अतुको शब्द तथा संगीत रहेको छ । माया, प्रेम र परदेशीको कथालाई समावेश गरिएको अत्यन्त फरक धारको गीत भएको कारणले पनि बजार पाउने गायिका किराँतीको भनाइ छ ।

निर्देशक युवराज वाइवाको निर्देशन र उत्सव दाहालको छायाङ्कन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा गायिका स्वयम् बबिना किराँती र आशीष मगरलाइ देख्न सकिन्छ । रासस

हेर्नुहोस् भिडियो…

https://www.youtube.com/watch?v=BXaGBvHA-aA

प्रकाशित मिति: २९ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्