धरानकी मनिता राई छमछमी–३ को उपाधि नजिक


 


नेपाल टेलिभिजनबाट प्रत्येक बुधबार राती ८ः५० बजे प्रशारित राष्ट्रव्यापी नृत्य प्रतियोगिता “रियो छमछमी–३” मा धरानकी मनिता राई उपाधि नजिक पुगेकी छिन् ।

फाईनल राउण्डको अन्तिम पाँच जना प्रतिष्पर्धी मध्ये धराने चेली मनिता अब्बल प्रतिष्पर्धीको रुपमा उभिएकी छिन् ।

सुनसरीको अडिशन ईटहरीमा भएको बेला मनिता राई त्यो अडिशनको उत्कृष्ट प्रतियोगी घोषणा भए सँगै अन्य राउण्डहरुमा समेत दर्शक र जजहरुको मन जित्दै उत्कृष्ट टप १२ मा पुगेकी थिइन ।

सुरुदेखि टप १२ सम्म निर्णायकहरुको निर्णयको आधारमा निर्णय हुने नियम थियो जसमा मनिताले आफनै नृत्य प्रतिभाले गर्दा निर्णायकहरुको प्रशंसा पाउदै अगाडि बढिन् ।

टप १२ देखि फाईनल सम्म निर्णायकहरुको निर्णय नभई दर्शकहरुको भोटको आधारमा छानिने नियम भएकोले सो छमछमीको टप १२ देखि टप ५ अर्थात फाईनल सम्मको प्रतियोगिहरु मध्ये सबै भन्दा धेरै दर्शकको मन जित्दै भोट ल्याउने प्रतियोगिको रुपमा आफुलाई अगाडी बढाई रहेकी छिन् ।

सो प्रतियोगितामा कुनै राउण्डमा डेन्जर जोनमा उनी परिनन् । बरु सबै प्रतियोगिहरु भन्दा धेरै भोट ल्याउने प्रतियोगिको रुपमा परिचित बनिन् ।

छमछमी प्रतियोगिताको भोटिङ राउण्ड सुरु देखि फाईनल सम्म जसको बढि भोट हुन्छ, उहि विजयी बन्ने आधारले हेर्दा मनिता राई नै विजयी हुने सम्भावना नजिक भएकी प्रतिष्पर्धी हुन् ।

फागुन २ गते राती ८ः५० बजे हुने ग्राण्ड फिनालेमा मनिता राईलाई जिताउन फागुन २ गते राती ८ बजे सम्म भोट दिन मिल्ने भएको छ । एउटा मोवाईलबाट धेरै भोट गर्न मिल्ने छ ।

मनिताले आफूलाई धेरै भन्दा धेरै भोट गरेर जिताउन सबैसँग आग्रह गरेकी छिन् । भोट गर्नका लागि मोवाईलको एस एम एस बक्समा CC ˂ Space ˃  टाईप गरी 34343 मा पठाउनु पर्छ ।

मनिता विगत आठ वर्षदेखि गरिमा डान्स सेन्टर धरानको कलाकार, सदस्य एंव धरानको विभिन्न विद्यालयहरुमा नृत्य प्रशिक्षका रुपमा कार्यरत छिन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्