श्रीदेवीको पार्थिव शरीर मुम्बई ल्याइयो, यस्तो छ अन्तिम संस्कारको तालिका


 


मुम्बई, फागुन १६

बलिवुड अभिनेत्री श्रीदेवीको पार्थिव शरीर मुम्बई ल्याइएको छ । उनको मृत्यु भएको ७२ घण्टापछि हिजो राति साढे १० बजे शव दुबईबाट उनको आफ्नै घरमा पुर्याइएको हो ।

दुबईबाट विशेष विमानमा श्रीदेवीको पार्थिव शरीर मुम्बई लाइएको थियो । जसमा उनका श्रीमान बोनी कपुर, देवर संजय कपुर, सौतेनी छोरा अर्जुन कपुर, भान्जी रिना मारवाह र भान्जा सन्दीप मारवाहसँगै आएका थिए ।

श्रीदेवीको परिवारले एक विज्ञप्ती जारी गर्दै मिडिया, फिल्म जगतका साथीहरु र सम्पूर्ण प्रसंशकहरुले श्रीदेवको निधनमा गरेको प्राथनाका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

उनको पार्थिक शरीर घरमा पुर्याइसकेपछि उनका हजारौं समर्थकहरुको भीड लागेको थियो । सडकमा पनि हजारौं मानिसहरु देखिएका थिए । मानिसहरुको भीड बढेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

बुधबार श्रीदेवीका फ्यानहरुका लागि अन्तिम दर्शनको व्यवस्था मिलाइएको छ । श्रीदेवीको पार्थिव शरीर मुम्बईको अँधेरी स्थित सेलेब्रेशन क्लबमा बिहान ९ः३० बजे देखि १२ः३० बजेसम्म राखिने बताइएको छ । आज शवयात्रा पछि ३ः३० देखि साउ ५ बजेसम्मा अन्तिम सस्कार गरिने बताइएको छ ।

श्रीदेवीको गत शनिबार राति दुबईको एक होटलमा निधन भएको थियो । सुरुमा हृदयघातबाट निधन भएको भनिएको भएपनि दुबई प्रहरीको छानबिनमा उनको निधन दुर्घटनाबस बाथरुममा लड्दा बाथटपमा डुबेर निधन भएको आधिकारिक धारणा सार्वजनिक गरेको थियो । श्रीदेवीको पार्थिव शरीर भारत ल्याउन तीन दिनसम्मण् कानुनी प्रक्रिया पूरा गर्नुपरेको थियो ।

प्रकाशित मिति: १६ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्