यसरी शुरु भयो गाईजात्रा (हेर्नुहोस् फोटो-भिडियो)


 


Bhojpu lakhe (2)भोजपुर, भदाै १३

आइतवारवाट गाईजात्रा पर्व शुरु भएको छ । श्रावण शुक्ल पूणिर्मादेखि मनाइने गाईजात्रा पर्व आठ दिनसम्म  मनाइन्छ ।  गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ ।

यो वर्ष मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् ।

Bhojpu lakhe (1)किंवदन्ती अनुसार राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए ।

सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने जनविश्वास छ । राजाले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी दिएको आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ ।Bhojpu lakhe (3)

यो चलन चलाउँदा पनि रानी पूर्ण रूपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भयो भन्ने अर्को भनाइ पनि छ । यस अवसरमा विभिन्न हास्य समूहले हप्ता दिनभन्दा बढी गाईजात्रा कार्यक्रम चलाउँछन् ।

काठमाडौँ उपत्यकासहित भोजपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप लगायतका ठाउँमा पनि गाईजात्रा मनाउने गरिन्छ ।

भिडियो

प्रकाशित मिति: १३ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्