साउथ इन्डियन फिल्मका दर्शकलाई दुखद् खबर, कर्नाटकमा विवाद


 


मुम्बई, फागुन १९
कर्नाटकमा दक्षिणी फिल्म प्रेमीका लागि दुखद् खबर आएको छ । आगामी हप्तादेखि कर्नाटकमा फिल्म रिलिजलाई लिएर नयाँ नियम लगाइने भएको छ । सिनेमाघरमा कुनै फिल्म रिलिज हुने छैन ।

डिजिटल सर्भिस प्रोभाइडर (डीएसपी) र कर्नाटक फिल्म चेम्बर र साउथ इन्डियन फिल्म चेम्बरबीच फिल्मको प्रिन्ट शुल्कलाई लिएरु मतभेद चलिरहेको छ ।

जसका कारण कर्नाटक फिल्म चेम्बरले ९ मार्चदेखि राज्यको कुनैपनि सिनेमाघरमा दक्षिण भारतीय भाषाको फिल्म रिलिज नगर्ने भएको हो ।
जबसम्म यो विवाद सुल्झिदैन तबसम्म दक्षिण भारतीय भाषाको फिल्म सो राज्यमा नचल्ने बताइएको छ ।

यो विवाद धेरै पहिलेदेखि नै सुरु भएको हो । दक्षिण भारतमा शुक्रबार कन्नड, तमिल, तेलुगु, मलयालम आदि भाषाका फिल्म मुख्य रुपमा रिलिज हुने गर्छन् ।

प्रकाशित मिति: १९ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्