दिपाश्री र मनिता धरानमा सम्मानित


 


सन्जु राई
धरान, फागुन २१
चर्चित अभिनेत्री तथा हास्य कलाकार दिपा श्री निरौला र छमछमी सिजन–३ की फष्ट रनर अप मनिता राई धरानमा सम्मानित भएका छन् ।
आफनो कलाकारिता मार्फत देशै भरि एक नंबर प्रदेशको गरिमा बढाएको भन्दै बिराटनगर घर भएकी दिपाश्री र धरानकी मनितालाई सोमबार एक नंबर प्रदेशका सभामुख प्रदिप भण्डारीले सम्मान गरेका हुन् ।

सुनसरी उद्योग वाणिज्य संघले फागुन ११ गते देखि २१ गते सम्म धरान–१२ स्थीत पब्लिक स्कुलको मैदानमा आयोजना गरेकोे प्रादेशिक महोत्सव–२०७४ को समापन समारोहमा कलाकार द्वयलाई सम्मान गरिएको हो ।

पर्यटन, कृषि, सुचना, प्रविधि, कला संस्कृति, शिक्षा तथा औधोगिक व्यापार प्रर्दशनी भन्ने नारा रहेको सो ११ दिने महोत्सवमा एक नंबर प्रदेश तथा अन्य प्रदेशहरुमा उत्पादन भएको सामाग्रीको बिक्री तथा प्रदर्शनी, सुचना प्रविधिको जानकारी, ईलेक्ट्रोनिक्स प्रदर्शनी, औधोगिक प्रदर्शनी तथा खरिद बिक्री, गार्मेन्टका तयारी सामाग्री, एक गाँउ एक उत्पादीत बस्तु प्रदर्शनी, कृषि औजार, निर्माण सामाग्री, दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, अष्ट्रिजको मासु तथा चल्ला बिक्री, उठ सयर, कृषि प्रर्दशनी, शैक्षिक प्रदर्शनी साथै मनोरन्जनात्मक खेलहरुको १ सय ५२ वटा स्टल राखिएको थियो ।  प्रत्येक दिन साँगितिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्