सांसद यादवलाई पुत्र शोक 



धनुषा, चैत ४

राष्ट्रियसभा सदस्य तथा काँग्रेस नेत्री मुक्ता यादवका २२ वर्षीय छोरा रुपेश यादवको सडक दुर्घटनामा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शुक्रबार साँझ ७ बजे पूर्व–पश्चिम राजमार्गको पोर्ताहा चोक सडकखण्डमा बा७३प ९५६० नंको मोटरसाइकल दुर्घटना हुँदा यादवको मृत्यु भएको हो ।

मोटरसाइकललाई पछाडिबाट टाटा सुमोले ढक्कर दिएर भागेको बताइएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिरहाका दिनेशकुमार यादव घाइते छन् । यादवको विराटनगरमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News