घर पुर्याइदिने बाहानामा ट्यांकर चालकद्वारा किशोरी बलात्कृत



तेह्रथुम, चैत ९

तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् ।

सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे ।

आठराईमा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको ट्यांकर चालक खड्काले पसलबाट घर फर्किदै गरेकी किशोरीलाई ट्यांकरमा घर पुर्याइदिने आश्वसन दिएर मंगलबार साँझ बलात्कार गरेको भन्दै पीडितका परिवारले संक्रान्तिबजार इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका प्रमुख डम्बर पुरीले बताउनुभयो ।

ट्यांकर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइररहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षणका लागि तेह्रथुम जिल्ला अस्पताल पठाइएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News