कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्

काठमाडौं, चैत १३
नेपाली बजारमा सुनचाँदीको मूल्य केही दिनदेखि यथावत छ । सुन तीनदेखि प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आज पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि पाँच दिनदेखि प्रतितोला सातसय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आज पनि चाँदी बजारमा सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: १३ चैत्र २०७४, मंगलबार
















