कृष्ण कसरी पाण्डपको पक्षमा आए? (भिडियो हेर्नुहोस्)


 


मायावी भगवान विष्णुका मानव रुप कृष्णlord-krishna-mahabharatले पाण्डवकै पक्ष किन लिए ? महाभारतको युद्ध सुरु हुनु अघि अर्जुन र दुर्योधन दुवै कृष्णलाई भेट्न गएका थिए। दुवैको उद्धेश्य कृष्णलाई आफ्नो पक्षमा सामेल गर्ने थियो। कृष्णको महलमा पहिले पुग्ने दुर्योधन सरासर कृष्णको कक्षमा गए।

कृष्ण सुतिरहेको भेटिए, कृष्णको टाउको पट्टी दुर्योधन नजिकैको कुर्सी तानेर बेसेका मात्र थिए अर्जुन आइपुगे। कृष्ण सुतेको देखेर पर्खने विचार गरे अनि खुट्टातिर गइ बसे।

केही बेरमा कृष्ण जागे, उनको नजर सिधै खुट्टा तर्फ बसेका अर्जुनतर्फ गयो। भेट्न आउनुको कारण सोधे। तर दुर्योधनले अब अर्जुनलाई कृष्णले सहयोग गर्नाल भनी सोची अर्जुनलाई बोल्न नदिइ आफु आउनुको कारण बताए। पहिला आएको कारण आफ्नो आग्रह मान्नुपर्न मनसाय व्यक्त गरे।

पहिले देखि नै पाण्डवालाई मनमा राख्दै आएका कृष्णले निकै चतुर उपाय निकाले। उनले अर्जुन र दुर्योधनको आग्रहलाई दुइ खण्ड पारेर दुवैलाई एउटा रोज्न लगाए। कृष्णले दुर्योधनलाई उठ्ने बित्तिकै अर्जुनलाई देखेकाले अर्जुनको आग्रहलाई प्राथमिकता दिने बताए।

कृष्णले भने, एकजनाको सेनामा म समाले हुन्छ। तर म युद्धमा हतियार उठाउदिन। अर्को तिर मेरा यादव सेना हातहतियार सहित जानेछन् ।अर्जुनले कृष्णलाई रोजे अनि हतियार नउठाउने कुरामा पनि सहमति जनाए।

दुर्योधन यता निकै खुसी हुदैथिए। उनलाई आफ्नो भाग्यमा यस्तो भरोसा लागेको थिएन कि कृष्णको यादव सेना आफ्नो पक्षमा युद्ध गर्नेछन्। कृष्णले मुस्कुराउदै बिदा गरे। खुसी हुदै यादव सेना आफ्नो पक्षमा पारेर दुर्योधन हिडे।

भगवान विष्णु रोज्नेकी विष्णुको सेना?
महाभारत युद्ध भयो अन्त्यतः जता कृष्ण थिए विजय त्यतै भयो।

https://www.youtube.com/watch?v=Pzi101c2aqA

प्रकाशित मिति: १७ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्