पत्रकारका न्यूनतम पारिश्रमिकसम्बन्धी सुझाव संकलन



रसुवा, चैत १५

विभिन्न सञ्चारमाध्यममा काम गर्ने यहाँका पत्रकारको समस्या र पारश्रमिकसम्बन्धी विषयमा आज सुझाव संकलन भएको छ ।

श्रमजीवी पत्रकारसम्बन्धी ऐनको कार्यान्वयन, यहाँका पत्रकारले भोग्नुपरेको समस्या र समाधानका विषयमा सुझाव संकलन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य युवराज विद्रोहीले बताउनुभयो ।

सुझाव संकलनका क्रममा ‘रासस’, ‘नेपाल टेलिभिजन’, ‘कान्तिपुर’, ‘टिभी टुडे’ र ‘नयाँ पत्रिका’का साथै स्थानीयस्तरमा प्रसारण भइरहेका ‘लाङटाङ एफएम’ र ‘रसुवा रेडियो एफएम’मा कार्यरत संवाददाताको सहभागिता थियो ।

सम्बन्धित सञ्चारगृहले पत्रकारलाई कम्तीमा रु १९ हजार ५०० पारिश्रमिक दिनुपर्ने र यसमा स्थानीयस्तरको महँगीसमेत दृष्टिगत गरी समयसापेक्ष पुनरवलोकन गर्नुपर्ने सुझाव पत्रकारले दिएका थिए । दुर्गम जिल्लामा काम गर्ने पत्रकारका सुझाव संकलनलाई निरन्तर दिनुपर्ने नेपाल पत्रकार महासंघ रसुृवाका सभापति खतिवडाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News