डुबेर बालकको मृत्यु



मोरङ, २२ चैत । मोरङको कटहरी गाउँपालिका–२ स्थित ए.सि.सि ईटा भट्टामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ईटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मिँयाको एक बर्षिय छोरा अलमान मिँया रहेका छन् ।

पानीमा डुबेर गम्भिर घाइते भएका बालकलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्