उपसभामुख र मुख्य न्यायाधिवक्तालाई सम्मान



विराटनगर, २५ चैत । संघीय संसद्का उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई सम्मान गरिएको छ ।

मोरङ जिल्ला अदालत बार एशोसिएशन र उच्च अदालत बार एशोशिएन विराटनगरद्वारा संयुक्त रुपमा आईतबार स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तिले उपसभामुख तुम्बाहाम्फे र न्यायाधिवक्ता आचार्यलाई दोसल्ला ओढाई स्वागत एवं सम्मान गर्नु भएको थियो । उच्च अदालत बार एशोसिएसनका अध्यक्ष रामप्रसाद भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल, मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालगायतको उपस्थिति थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News