खतिवडाले जितिन् ‘मिस नेपाल’ को उपाधि


 


काठमाडौं, चैत २९
सन् २०१८ को मिस नेपाल वर्ल्डको उपाधि हेटौडाकी शृङखला खतिवडाले जितेकी छिन् । द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपालको फाइनल प्रतिस्पर्धामा आफ्ना २४ जना प्रतिस्पर्धीलाई उछिन्दै खतिवडाले मिस नेपाल वल्र्ड हुन सफल भएकी हुन् ।

उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड निकिता चण्डकले क्राउन पहिर्याइदिइन् । यससंगै अब उनले मिस वर्ल्डमा सहभागिता जनाउनेछिन् ।

यस्तै, मिस नेपाल यूनिभर्सको उपाधि मनिता देवकोटा र मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल र मिस नेपाल इन्टरनेशनलको उपाधि रोनाली अमात्यले जितेकी छिन् ।

बुधबार राति सम्पन्न मिस नेपालमा सुनिल शाक्य, भावना घिमिरे, रवीन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाहले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 

प्रकाशित मिति: २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्