उकालो लाग्दै सुनचाँदीको मूल्य, कति पुग्यो आज ?



काठमाडौं, वैशाख ३
बजारमा सुनचाँदीको मूल्य हिजोदेखि फेरि उकालो लाग्न थालेको छ । आज सुन तोलामा थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार आठ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ५५ रुपैयाँमा पुगेको छ । हिजो चाँदी सात सय ५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि दुई दिनदेखि बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्