सुनको मूल्य अझै बढ्यो

काठमाडौं, वैशाख ५
नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार
















