१२ वर्षिय बालक अशोक दर्जीको गीत युटुबमा भाइरल बन्दै (भिडियो हेर्नुहोस् )


 


झापा दमकका १२ बर्षीय बालक अशोक दर्जीले गाएको गीत यतिबेला यूटुबमा भाइरल भएको छ ।  उनले गाएको गितलाई युटुबमा हाल्ने र नयाँ युटुब च्यानल खोल्नेको पूर्वमा यतिबेला होडबाजी नै चलेको छ ।

अशोकले गीत गाएको प्रस्तुती सामाजिक सञ्जाल युटुबमा अहिले भाईरल भइरहेको छ । सुमधुर स्वरका धनी अशोकले गीत गाएर सबैलाई मोहित बनाएका छन् ।

मोरङको उर्लाबारीस्थित उर्लाबारी फोकस यूटुब च्यानलले दर्जीको प्रतिभा पहिचान कार्यक्रम पनि गरिसकेको छ । गायकीमा अदभूत क्षमता देखाएका कारण छोटो समयमा नै उनी चर्चामा आउन सफल भएका हुन् । बिशेष गरेर युटुवमा उनको लोकप्रियता बढ्दो छ ।

अशोकसंग उर्लाबारी फोकस यूटुब च्यानलले लिएको एउटा अन्तवार्ता अहिले युटुबको चौथो ट्रेन्डिङमा पर्न सफल भएको थियो । बिपन्न परिवारमा जन्मिएका उनमा हरकोहीलाई लठ्याउने मिठास पूर्ण स्वर रहेको छ ।

झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारको लागि अर्थको जोहो गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् ।

केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सीमित उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ ।

२ कक्षासम्म मात्रै अध्यन गरेका उनले आर्थिक अवस्था नाजुक भएका कारणले गर्दा नै स्कुल जान छोडेको बताए । तर पछिल्लो समय धेरैले सहयोग गर्ने वाचा गरेकाले आगामी बर्षदेखि पुनः स्कुल जाने र संगीतसँगै पढाईलाई पनि अघि बढाउँने चाहाना रहेको उनले बताए ।

प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्