धनकुटामा ट्याक्टर दुर्घटनामा युवकको मृत्यु


 


धनकुटा, ६ बैशाख । धनकुटाको धनकुटा नगरपालिका –९ कोशी राजमार्गमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँका १८ वर्षीय सरोज भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा सोही ठाउँका २५ वर्षीय पवन भण्डारी तथा नाम नखुलेका ट्याक्टर चालक गम्भीर घाइते भएका छन् । को १ त ३११५ नम्बरको ट्याक्टर साँझ ७ बजेतिर धनकुटा नगरपालिका –९ कोशी राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खसेको हो । घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा सरोजको बाटैमा मृत्यु भएको थियो ।

अन्य घाइतेहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्